प्रभु बैंक र शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर बीच छुट सम्झौता

-



     सफल आवाज    
     असार ६ गते २०८१ मा प्रकाशित




काठमाडाैं, ६ असार । पानीपोखरी स्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक कार्यक्रमका बिच शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लिका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु बैंक लि.का तर्फबाट चिफ प्रोभिन्स अफिसर, बागमति प्रदेश दिपेन्द्र बाबु बिष्टले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि मा उपचार सेवा लिँदा इन–हाउस रुटिन टेस्टमा २५% छुट, इन–हाउस स्पेशलाइजेशनमा २०% छुट, आउटसोर्समा १०% छुट र एक्स–रे, युएसजी, इसिजि, इको मा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्नेछ ।