अमेरिकी डलरकाे भाउ हालसम्मकै उच्च, यूरो पनि बढयाे

-



     सफल आवाज    
     असार ७ गते २०८१ मा प्रकाशित



काठमाडौं, ७ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । याे भाउ हालसम्मकै उच्च हाे । साथै युरोको भाउ पनि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ५५ पैसा र बिक्रिदर १ सय ३४ रुपैयाँ १५ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४३ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ९२ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय ७० रुपैयाँ २४ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५० रुपैयाँ र बिक्रीदर १ सय ५० रुपैयाँ ६७ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ १२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९९ रुपैयाँ १८ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूचीः