एक्सेल डेभलपमेन्ट बैंकले डाक्याे एजिएम, बुकक्लाेज कहिले ?

-



     सफल आवाज    
     असार ७ गते २०८१ मा प्रकाशित



काठमाडौ, ७ असार । एक्सेल डेभलपमेन्ट बैंककाे साधारण सभा असार २९ डाकिएकाे। यस पटक सभाका लागि लाभांश वितरणकाे प्रस्ताव नभएपनि अन्य एजेण्डाहरूमा छलफल गरी पारित गरिने भएकाे छ ।

बैंककाे साधारण सभा झापामा रहेकाे सिद्धार्थ होटलमा साे दिन पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाह लगायतका विषयमा छलफल हुनेछ ।

यस्तै, लेखापरीक्षककाे नियुक्त र पारिश्रमिक ताेक्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन, अन्य उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासँग मर्जरकाे लागि कार्य गर्ने अख्तियारी सञ्चाल समितिलाइ दिने प्रस्ताव रहेकाे छ ।

साधारण सभाकाे प्रयोजनका लागि बैंकले असार १७ गते बुक क्लोज गर्ने भएकाे छ । सभामा भाग लिनका लागि सेयरधनीहरूले असार १६ गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।