सुन तोलाकाे १ लाख ४४ हजार ७ सय पुग्यो, चाँदी पनि बढ्यो

-



     सफल आवाज    
     असार ७ गते २०८१ मा प्रकाशित



काठमाडौं, ७ असार । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुनमा रुपैयाँ १९ सयले बढेको जनाएको छ । चाँदीमा रुपैयाँ २५ ले बढेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १९ सयले बढेर तोलाको १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १९ सयले बढेर तोलाको १ लाख ४४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा आज रुपैयाँ २५ ले बढेर तोलाको १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।