आज अमेरिकी डलर, यूरोसहित अन्यको भाउ स्थिर

-



     सफल आवाज    
     असार ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । साथै युरोकोसहित अन्यकाे भाउ पनि स्थिर रहेकाे छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ३६ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ९६ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ १५ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ७० पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय ५० रुपैयाँ १० पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८० पैसा र बिक्रीदर ८९ रुपैयाँ २० पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९१ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूचीः