कर्पोरेट डेभलपमेन्ट बैंककाे साधारण सभा असार १९ मा

-



     सफल आवाज    
     असार ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ असार । कर्पोरेट डेभलपमेन्ट बैंकले असार १९ गते साधारण सभा डाकेकाे छ । उक्त सभा, बैंकको प्रधान कार्यालय गीतामन्दिर रोड, पर्सामा बिहान ७ः१५ बजे बाेलाइएकाे छ । बैककाे साधारण सभामा यसपटक लाभांश वितरणकाे प्रस्ताव छैन।

सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जानुपर्ने भए त्यसकाे कार्य गर्न तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ ।

यस्तै आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान र हर हिसाबका विषयमा छलफल गरी पारित गरिने भएकाे छ । साथै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षकाे नियुक्ति र पारिश्रमिक ताेकिने भएकाे छ । 

साधारण सभा प्रयोजनका लागि बैंकले भाेलि असार १० गते बुक क्लोज गर्ने बताएकाे । सभामा भाग लिनका लागि सेयरधनीहरूले आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।