विजय लघुवित्तले डाक्याे एजिएम, एफपीओ निष्काशन गर्ने

-



     सफल आवाज    
     असार ९ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ९ असार । विजय लघुवित्त वित्तीय संस्थाकाे पन्ध्रौँ साधारण सभा असार ३० गते डाकिएकाे छ । संस्थाले एफपीओ निष्काशनकाे प्रस्ताव पारित गर्नका लागि साधारण सभा डाकेकाे हाे ।

सभा उक्त दिन काभ्रेकाे धुलिखेल लज रिसोर्टमा पूर्वान्ह ११ बजे डाकिएकाे छ। सभाबाट एफपीओ निष्काशनकाे अनुमाेदन गरिने, सञ्चालक समितिलाई आवश्यक कार्य गर्नकाे लागि अख्तियारी दिइनेछ ।

यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, संस्थापक समूहको तर्फबाट ४ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालककेा चयन गरिने छ । साथै लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्ताव पेश हुने भएका छन्।

सस्थाले साधारण सभाकाे प्रयाेजनका लागि असार १७ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने जनाएकाे छ। सभामा भाग लिनका लागि सेयरधनीहरूले असार १६ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।