सुन तोलामा रु २७ सयले घट्यो, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     असार ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ असार । साताको सुनचाँदीको कारकोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ २७ सय तथा चाँदीमा रुपैयाँ ५० ले गिरावट भएको जानकारी गराएको छ ।

छापावाल सुनमा एकैदिन रुपैया २७ सयले घटेर तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २७ सयले घटेर तोलाको १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ ला ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ ५० ले गिरावट भई तोलाको १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।