नेप्सेमा ५.३७ अंकको गिरावट, ४ अर्ब ३७ करोडको कारोबार

- पोखरा फाइनान्स कारोबारमा अब्बल

-



     सफल आवाज    
     असार ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ असार । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा फेरी दोहोरो अंकको गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा झरेको छ । नेप्सेमा ०.२५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.६३ अंकले घटेर ३६४.४२ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १० वटामा रातो लागेको छ । अाज कुल ३१७ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ९५ लाख ६१ ह्जार ७२७ कित्ता सेसयरको कारोबार बाट ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४५८ रुपैयाँ ६५ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी पोखरा फाइनान्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको १७ करोड १३ लाख ५२ हजार ३९१ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै रिलायन्स फाइनान्स लिमिटेडको सेयरमूल्य बढेको छ । सो फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ६.५८ प्रतिशतले घटेको छ ।