सुनचाँदीको भाउमा सामान्य बृद्धि, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     असार १० गते २०८१ मा प्रकाशित



काठमाडौं, १० असार । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य बृद्धि भएकाे छ ।

छापावाल सुनमा रुपैयाँ ३ सयले बढेको छ भने चाँदीमा रुपैयाँ ५ ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकेा छ ।

छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ४१ जहार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ८ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।