नेप्सेमा ३.१ अंकको बृद्धि, ५ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     असार १० गते २०८१ मा प्रकाशित



काठमाडौं, १० असार । सेयर बजारको ओरालोको यात्रामा आज भने ब्रेक लागेर सामान्य अंकले बढेको छ । नेप्सेमा दोहोरो अंकको बृद्धिले लगानीकर्तामा उत्साह थपिएको छ ।

अघिल्लो दिन आईतबार नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२।९४ विन्दुमा झरेको थियो । नेप्सेमा ०।२५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.६३ अंकले घटेर ३६४.४२ विन्दुमा रहेको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ विन्दुमा झरेको छ । नेप्सेमा ०.१५ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ०.३९ अंकले बढेर ३६४.८१ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ६ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ७ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३२२० कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ ।

उनीहरुको १ करोड ७ लाख ७ हजार ८७८ कित्ता सेयरको खरिदबिक्रीबाट ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार ११६ रुपैयाँ १५ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको कारोबार भएको छ । सो संस्थाको २४ करोड ३२ लाख १८ हजार ४९५ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको सेयरमूल्य बढेको छ । फाइनान्सकोसेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै बुद्ध मूभि नेपाल हाइड्रोपावर कम्पनीको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ७.०१ प्रतिशतले घटेको छ ।