प्रतिनिधि सभा बैठक बस्दै, यस्ताे छ आजकाे कार्यसूची

-



     सफल आवाज    
     असार ११ गते २०८१ मा प्रकाशित



काठमाडौं, ११ असार । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वर काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।

बैठकमा आज विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीहरुले दिने कार्यसूची रहेकाे महासचिव पद्म प्रसाद पाण्डेयले सूचना मार्फत जानकारी दिएका छन् । 

बैठकमा सभामुखले विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयहरुका विभिन्न शीर्षकहरुमा प्रतिनिधि सभा सदस्यहरुबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।