मंंगलबार सुनको भाउ स्थिर, चाँदीमा सामान्य गिरावट

-



     सफल आवाज    
     असार ११ गते २०८१ मा प्रकाशित



काठमाडौं, ११ असार । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा भने रुपैयाँ ५ ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन कुनै परिवर्तन भएको छैन । आज सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख ४२ हजार ३ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेर कारोबार भईरहेको छ । तेजाबी सुन तोलाको १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि तेजाबी सुन तोलाको १ लाख ४१ हजार ६ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।