बुधबार अमेरिकी डलर र यूरोको भाउ घट्यो

-



     सफल आवाज    
     असार १२ गते २०८१ मा प्रकाशित



काठमाडौं, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ घटेको छ । साथै युरोको भाउ पनि घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ २० पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ८० पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ३७ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६९ रुपैयाँ र बिक्रीदर १ सय ६९ रुपैयाँ ७७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४९ रुपैयाँ ३ पैसा र बिक्रीदर १ सय ४९ रुपैयाँ ७० पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९९ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८५ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूचीः