बुधबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     असार १२ गते २०८१ मा प्रकाशित



काठमाडौं, १२ असार । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ७ सय तथा चाँदीमा रुपैयाँ २५ ले गिरावट भएको जनाएकाे छ ।

छापावाल सुनमा रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २५ ले घटेर तोलाको १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।