नेप्सेमा २ दिनपछि करेक्सन, साढे ४ अर्बको कारोबार

- नेपाल फाइनान्स कारोबारमा अब्बल

-



     सफल आवाज    
     असार १२ गते २०८१ मा प्रकाशित



काठमाडौं, १२ असार । लगातार दुईदिन उकालो लागेको सेयर बजारमा आज भने करेक्सन भएको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको हाे। नेप्सेमा भएको ओरालोको दृश्यले लगानीकर्ताको मनोबल घटेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.६० अंकले घटेर २०६०.१६ विन्दुमा झरेको छ। नेप्सेमा ०.५६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.२७ अंकले घटेर ३६२.७४ विन्दुमा रहेको छ।

१३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी १० वटामा रातो लागेको छ । कुल ३०५ कम्पनीहरुको सेयर कारोबारा भएको छ । उनीहरुको ८७ लाख २७ हजार १६४ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ५८ करोड ४ लाख ७ हजर ७३४ रुपैयाँ २२ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको कारोबार भएको छ । फाइनान्सको १६ करोड ४६ लाख १८ हजार ८३० रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको सेयरमूल्य बढेको छ । फाइनान्सको सेयरमूल्य ९.५५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ६.३८ अंकले घटेको छ ।