एलआइसी नेपालकाे साधारण सभा आज बस्दै

-



     सफल आवाज    
     असार १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ असार । लाइफ इन्स्याेरेन्स कर्पोरेसन (एलआइसी) नेपालकाे साधारण सभा आज डाकिएकाे छ । साे सभा, नेपाल प्रशाासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ः४५ बजे शुरु हुनेछ । 

सभामा यस पटक लभांश वितरणकाे प्रस्ताव नगरिने भएकाे छ । आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान र नगद प्रवाह लगायतका एजेण्डामाथि छलफल गरिने भएकाे छ । यस्तै, लेखापरीक्षककाे नियुक्ति गर्ने र पारिश्रमिक ताेकिने भएकाे छ । 

कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ ३२ गते बुक क्लोज गरेको थियाे। सेयरधनीहरूले सभामा सहभागी हुनका लागि जेठ ३१ गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्ने छ ।