नेप्से ८.२४ अंकले घट्याे, ३ अर्ब ७१ करोडको कारोबार

- नेपाल फाइनान्सको कारोबार अब्बल

-



     सफल आवाज    
     असार १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ असार । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार पनि नेपाली सेयर बजारमा नकारात्मक लय देखिएको छ । अघिल्लो दिनको करेक्सनलाई पछ्याउदै ओरालो लागेको नेप्सेमा कारोबार पनि यसअघिको भन्दा कम भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ विन्दुमा झरेको छ । नेप्सेमा ०.४० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.५६ अंकले घटेर ३६१.१८ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १० वटामा रातो लागेको छ । कुल ३३३ कम्पनीहरुको सेयर खरिद बिक्री भएको छ ।

उनीहरुको ८९ लाख १ हजार १९५ कित्ता सेयरको कारोबारबाट ३ अर्ब ७१ करोड ५० लाख ३ हजार ८२४ रुपैयाँ ५४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल फाइनान्सको कारोबार भएको छ । सो फाइनान्सको २२ करोड ७६ लाख ४१ हजार ८०९ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै त्रिशुली जल विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ७.०९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको सेयरमूल्य घटेको छ । फाइनान्सको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।