
काठमाडाैं, १४ असार । अब क्यूआरबाट अन्तरदेशीय भुक्तानी गर्न सकिने भएकाे छ । नेपाल राष्ट्र बैंकले क्यूआरबाट अन्तरदेशीय भुक्तानी गर्न सकिने व्यवस्था मिलाएकाे हाे । बैंकले भुक्तानी सम्बन्धि परिपत्र जारी गर्दै यस्ताे व्यवस्था गरेको बताएकाे छ ।
बैंकले नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली बाणिज्य बैंक तथा विकास बैंक आबद्ध विद्युतीय बैंकिंग, अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिंग, क्यूआर मार्फत राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रुपमा सञ्चालनमा नआएसम्म रिटेल पेमेन्ट स्वीचमार्फत भारतीय बैंक खातामा रकम ट्रान्सफर गर्न मिल्ने व्यवस्था गरेको गरेकाे जनाएकाे छ । यस अनुसार प्रतिदिन १५ हजार र प्रतिमहिना १ लाखसम्म काराेबार गर्न सकिने भएकाे छ।
भारतीय रुपैयाँको सटही भारत र भुटानमा क्यूआरलगायत विद्युतीय माध्यमबाट हुने मर्चेन्ट पेमेन्ट पनि हुने भएकाे छ । बैंकले काराेबार गर्न चाहने संस्थाले विदेशी संस्थासँग समझदारी गर्नुपूर्व राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागसँग पूर्व सहमति लिनु पर्नेछ ।
साथै पूर्व सहमतिको निवेदनसाथ प्रस्तावित विदेशी संस्थासँगको आवद्धताबाट हुने उपलब्धि-औचित्य लगायत विभागले माग गरेका कागजात-विवरण समेत पेश गर्नुपर्ने व्यवस्था गरिएकाे छ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




