शुक्रबार अमेरिकी डलरकाे भाउ घट्याे, यूराे बढ्याे

-



     सफल आवाज    
     असार १४ गते २०८१ मा प्रकाशित



काठमाडौं, १४ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ घटेको छ । युरोको भाउ भने बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ २४ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ८४ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ २२ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ २९ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ४९ रुपैयाँ १५ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ १८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६२ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूचीः