मनकामना स्मार्टकाे प्राप्तिपछि समता घरेलु लघुवित्तकाे एकीकृत कारोबार असार २४ गतेदेखि हुने

-



     सफल आवाज    
     असार १४ गते २०८१ मा प्रकाशित



काठमाडौं, १४ असार। समता घरेलु लघुवित्त वित्तीय संस्थाकाे एकिकृत काराेबार असार २४ गतेबाट शुरू हुने भएकाे छ । समताले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपछि समता घरेलु लघुवित्त वित्तीय संस्थाकाे नामबाट असार २४ गतेदेखि एकीकृत कारोबार शुरु गरिने भएकाे हाे।

गएकाे चैत २९ गते सम्पन्न साधारण सभाले समता लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव अनुमाेदन गरेकाे थिथाे । राष्ट्र बैंकले संस्थालाई एकिकृत कारोबारका लागि गएकाे जेठ २९ गते अनुमाति दिएकाे थियाे । सेबाेनले असार ९ गते दिएकाे थियाे भने कम्पनी रजिष्ट्रार कार्यालयले असार ११ गते स्वीकृती दिएकाे हाे।

यही असार २४ गतेदेखि एकीकृत कारोबार शुरु गरिने भएपछि तथ्य, वित्तीय डाटाहरुकाे व्यवस्थापनका लागि असार २३ गते दुबैका कार्यालयकाे सेवा बन्द गरिने भएकाे छ ।