शुक्रबार सुनचाँदीको भाउ बढ्यो, कति पर्छ तोलाको ?

-



     सफल आवाज    
     असार १४ गते २०८१ मा प्रकाशित



काठमाडौं, १४ असार । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंले जनाए अनुसार छापावाल सुनमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ४१ ह्जार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख ४० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।