सेबाेनकाे अध्यक्ष चयन प्रक्रिया तत्कालका लागि रद्द

-



     सफल आवाज    
     असार १५ गते २०८१ मा प्रकाशित



काठमाडौं, १५ असार । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियालाई तत्रकालका लागि रद्द गरेको जनाएकाे छ ।

बोर्डकाे अध्यक्ष नियुक्तिका लागि नाम सिफरिस गर्न गठन गरिएकाे एक सूचना जारी गर्दै छनौट सम्बन्धी सबै प्रक्रिया रद्द गरिएको जनाएकाे छ ।

यसअघि, बोर्ड अध्यक्ष पदका लागि सर्टलिस्टमा छानिएका ५ जना उम्मेदवारमध्ये २ जना माैखिक अन्तर्वार्तामा सहभागी भएका थिए । ३ जना अनुपस्थित भएपछि सिफारिस समिति अनिर्णित भएकाे थियो । 

छानिएकाहरूमा ३ जनाको नाम छानेर अर्थ मन्त्रालयमा पठाउनुपर्ने थियाे । धितोपत्र बोर्डको अध्यक्षका लागि मन्त्रिपरिषदमा २ जनाको नाम सिफारिस गर्न नमिल्ने भएपछि सबै प्रक्रिया रद्द गरिएकाे हो । फेरि बाेर्डकाे अध्यक्ष चयनकाे लागि अब नियुक्तिको नयाँ चरणकाे प्रक्रियामा जानुपर्ने भएकाे छ ।