
काठमाडौं, १६ असार । एक्सेल डेभलपमेन्ट बैंक र विजय लघुवित्त वित्तीय संस्थाले साधारण सभा बाेलाएका छन् । एक्सेल डेभलपमेन्ट बैंक र विजय लघुवित्तले साधारण सभा प्रयोजनार्थ भाेलि असार १७ गते बुक क्लोज गर्ने भएका हुन् ।
एक्सेल डेभलपमेन्ट बैंक
एक्सेल डेभलपमेन्ट बैंकले असार २९ गते साधारण सभा डाकेकाे छ । सभा सिद्धार्थ होटल, बिर्तामोड, झापामा बिहान ११ बजे बेालाइएकाे छ ।
सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल लगायतका विषयमा छलफल हुनेछ । सभाका लागि आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका एजेन्डा रहेका छन्।
सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुनेछन्। यसपटक बैंकले लाभांशकाे प्रस्ताव गर्ने छैन ।
विजय लघुवित्त
विजय लघुवित्त बित्तिय संस्थाले १५ औं वार्षिक साधारण सभा असार ३० गते डाकेकाे छ । सभा, धुलिखेल लज रिसोर्ट धुलिखेल काभ्रेपलाञ्चोकमा पूर्वान्ह ११ बजे डाकिएकाे छ । सभामा एफपीओ निष्कासन लगायतका प्रस्ताव रहेका छन्। सभामा यसपटक लाभांश वितरणकाे प्रस्ताव छैन्।
सभाबाट संस्थापक समूहबाट ४ जना र सर्वसाधारणबाट २ जना सञ्चालक चयन गरिने भएकाे छ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा पनि रहेकाे छ ।
यस्तै आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने भएकाे छ भने आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक ताेकिने भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




