आईतबार सुनको भाउ रु २ सयले बढ्याे, चाँदीको स्थिर

-



     सफल आवाज    
     असार १६ गते २०८१ मा प्रकाशित



काठमाडौं, १६ असार । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ सयले बढेको छ । चाँदीको भाउ शुक्रबारकै कायम गरिएको छ ।

छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भईहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीको भाउ स्थिर रहेर तोलाको १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ९० रुपैयाँमा नै कारोबार भएको थियो ।