
काठमाडौं, १६ असार । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी अभियोगमा एक सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित लालीगुराँस सहकारी संस्थामा रहेको बचतकर्ताहरूको निक्षेप अपचलन गरी हिनामिना गरेको आरोपमा संंस्थाका अध्यक्ष काठमाडौँ महानगरपालिका–१३ घर भई सोही महानरपालिका–४ चुनदेवी बस्ने ७६ वर्षीय अमरदास श्रेष्ठसहित चार जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत गोरखा सिरानचोक गाउँपालिका–२ घर भई ललितपुर भैँसेपाटी बस्ने ४६ वर्षीय सुरेन्द्र भण्डारी, संस्थाका कोषाध्यक्ष काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटका ७५ वर्षीय अमृतकुमार अर्याल र संस्थाका सदस्य ललितपुर महानगरपालिका–११ घर भई काठमाडौँ महानगरपालिका–६ चावहिल बस्ने ६१ वर्षीय कदमबाबा जोशी प्रधान रहेका छन् ।
उनीहरूले आकर्षक ब्याज दिने र चाहिएका बेला जम्मा भएको रकम झिक्न मिल्ने भनी विश्वास दिलाइ सञ्चालकलाई लाभ र बचतकर्तालाई हानी पुग्ने गरी निक्षेप अपचलन तथा ठगी गरेको अनुसन्धानका क्रममा खुल्न आएको कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार उक्त सहकारीमा २२ हजार बचतकर्ताको करिब रु ६ अर्ब ३० करोड निक्षेप रहेको खुल्न आएको छ । प्रहरी परिसर ललितपुरमा २०८० चैत १ गते ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई फरार रहेका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभनवबाट खटिएको प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आजै जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको आचार्यले बताए ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




