आज अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो

-



     सफल आवाज    
     असार १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ १२ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ७२ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ २८ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४८ रुपैयाँ ९ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ ७६ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८९ १६ रुपैयाँ रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ १७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६२ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूचीः