एनआइसी एसिया बैंकको स्वामित्वमा रहेकाे सूर्योदय वोमी लघुवित्तको सेयर आजसम्म खरिद गर्न पाइने

-



     सफल आवाज    
     असार १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ असार । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेकाे सूर्योदय वोमी लघुवित्तको सेयर आजसम्म खरिद गर्न पाइने भएकाे छ । उक्त लघुवित्तको ६१ हजार ८०५ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेकाे हाे ।

सेयरमा लगानरी गर्न चाहने लगानीकर्ताले घटीमा ३०८ रुपैयाँ वा त्याेभन्दा माथिकाे मूल्य राखेर गरिएकाे बाेलकबोल गोप्य शिलबन्दी बोलपत्र पेश बुझाउनु पर्नेछ ।

सेयर खरिद गर्न चाहने विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन पाउनेछन् । यसका लागि एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौंमा आवेदन दिन पाइने छ ।

साथै लगानीकर्ताले एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली, विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा रहेका शाखाहरुबाट आवेदन दिन पाउनेछन्।