प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच अर्थपुर्ण भेट

-



     सफल आवाज    
     असार १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीचकाे आजकाे भेटघाटलाइ अर्थपुर्ण रूपमा लिइएकाे छ ।

भेटमा सरकार सञ्चालनलाइ कसरी अझै प्रभावकारी बनाउने बारेमा छलफल भएको भनिएपनि दाहाल र ओलीकाे भेटलाइ बिशेष महत्वका साथ हेरिएकाे छ ।

प्रधानमन्त्री निवासमा आज बिहान भएको छलफलमा उनीहरुबीच सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयका अतिरिक्त मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिएका छन।

आइतबार पनि प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल भएको थियो । उक्त छलफलमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि सहभागी थिए ।