नेप्सेमा १६.२९ अंकको बृद्धि, २ अर्ब ९९ करोडको कारोबार

-



     सफल आवाज    
     असार १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ असार । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सकारात्मक लय देखिएको छ । नेप्सेको उकालोको यात्राले लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.०१ अंकले घटेर ३६१.७७ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये दुईवटामा मात्रै रातो लागेको छ । बाँकी रहेका ११ वटामा हरियो लागेको छ । कुल ३२३ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ७१ लाख ६५ हजार ७३५ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१ रुपैयाँ ५३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको १९ करोड १३ लाख २४ हजार ३९४ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.७४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको सेयरमूल्य घटेको छ । फाइनान्सको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।