सुनचाँदीको भाउमा सामान्य बृद्धि, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     असार १८ गते २०८१ मा प्रकाशित



काठमाडौं, १८ असार । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेको जानकारी दिएको छ ।

छापावाल सुनमा रुपैयाँ १ सियले बढेर तोलाको १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।