पोखरा महानगरपालिका कार्यालयमा अख्तियारको छापा

-



     सफल आवाज    
     असार १८ गते २०८१ मा प्रकाशित



पोखरा, १८ असार। पोखरा महानगरपालिकाकाे कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आयोग टोलीले अाज दिउसाे न्युराेड स्थित महानगरपालिका कार्यालयमा छापा मारेको हो।

नियमविपरीत मणिपाल अस्पताललाई २० करोड राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेपछि उक्त उजुरीमाथि छानबिन गर्न अख्तियार टोलीले महानगरबाट साे सम्बन्धी कागजातहरू नियन्त्रणमा लिएको छ ।

२०५९ सालमा निर्माण सम्पन्न गरेको मणिपालले अहिलेसम्म नक्सापास गरेकाे छैन । महालेखाले समेत नक्सापास नलिएको भन्दै मणिपाललाई जरिवानासहित राजस्व उठाउन पटक पटक दबाब दिदै आएको थियो ।