आजसम्म कायम सेयरधनीले हिमालय ऊर्जाकाे हकप्रदमा आवेदन दिन पाउने

-



     सफल आवाज    
     असार १९ गते २०८१ मा प्रकाशित



काठमाडौं, १९ असार । हिमालय ऊर्जा विकास कम्पनीको शतप्रतिशत हकप्रद सेयरमा आजसम्म आवेदन दिन सकिने भएकाे छ ।

कम्पनीले हकप्रद सेयरका लागि असार २० गते भाेलि बुक क्लोज गर्ने भएकाेले यसिदन लगानीकर्ताले सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएकाहरू शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिनका लागि याेग्य हुनेछन् । 

सेबाेनले कम्पनीलाई १ः१ काे रेसियाेमा ९९ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएकाे हाे । प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गरिने जनाइएकाे छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।

सेयरकाे बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ रहेकाे छ ।