आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष उप्रेती पक्राउ

-



     सफल आवाज    
     असार २० गते २०८१ मा प्रकाशित



काठमाडौं, २० असार । आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले बालाजुबाट पक्राउ गरेको छ ।

उप्रेतीलाई पक्राउ गरी प्रहरी वृत्त महाराजगञ्जमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “अध्यक्ष उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ, यस विषयमा विस्तृत रूपमा पछि भन्न सकिन्छ ।” सहकारी संस्थाको बचत रकम हिनामिना गरेको जाहेरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।