वलेफी हाइड्रोपावरकाे एसजिएम आज हुँदै, कस्ता छन् एजेण्डा ?

-



     सफल आवाज    
     असार २० गते २०८१ मा प्रकाशित



काठमाडौं, २० असार । वलेफी हाइड्रोपावरको विशेष साधारण सभा आज बस्दैछ । कम्पनीकाे साधारण सभा रोयल एलिनाज रेष्टुरेन्सट प्रालि, मदन भण्डारी रोड, नयाँ बानेश्वर, काठमाडौंमा पूर्वान्ह ११ बजे डाकिएकाे छ ।

सभामा कम्पनीका सञ्चालकहरुकाे नियुक्ति गरिने विशेष प्रस्ताव पेश गरिने भएकाे छ । यस्तै कर्जाकाे सुविधा स्वीकृतिका बारेमा छलफल गरिने भएकाे छ । 

कम्पनीले साधारण सभाकाे प्रयोजनार्थ असार ११ गते बुक क्लोज गरेकाे थियाे । सभामा भाग लिनका लागि सेयरधनीहरुले असार १० गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।