
काठमाडौं, २० असार । नागरिक लगानी कोष र हिमालयन उर्जा विकास कम्पनीकाे सेयरमूल्य आज नेपाल स्टक एक्सचेन्जमा समायाेजन गरिएकाे छ । उनीहरुकाे सेयरमूल्य समायाेजन गरेर नयाँ मूल्य कायम गरिएकाे छ ।
नागरिक लगानी कोष
नागरिक लगानी कोषले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरिसकेकाे छ । हिमालयन उर्जाले हकप्रद खुलाउन बुकक्लोज गरेको छ । दुबै कम्पनीहरुले बुकक्लोज गरेपछि उनीहरुकाे नेप्सेमा सेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरिएकाे हाे ।
नागरिक लगानी कोषको १४ प्रतिशत बोनस समायोजन गरिएकाे हाे । समायोजपछि सेयरमूल्य १ हजार ८७३ रुपैयाँ ६८ पैसा कायम गरिएकाे छ । अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यका आधारमा सेयरमूल्य समायोजन भएकाे हाे । बुधबार, दोस्रो बजारमा कम्पनीको सेयर प्रतिकित्ता २ हजार १३६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
हिमालयन उर्जा
हिमालयन उर्जाको शतप्रतिशत हकप्रद सर समायोजन गरिएकाे छ । कम्पनीकाे सेयर बुधबार प्रतिकित्त २६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियाे । समायोजपछि सेयरमूल्य १८४ रुपैयाँ ५० पैसा कायम गरिएकाे छ।
दुबै कम्पनीकाे समायाेजन गरिएकाे सेयरमूल्यमा अब दोस्रो बजारमा कारोबार खुलेकाे छ । कोषले असार ३१ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा डाकेकाे छ। सभा पूर्वान्ह ११ बजे डाकिएकाे छ ।
सभामा १४ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिने भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




