बिहिबार सुनमा १६ सयले बृद्धि, चाँदी पनि बढ्यो

-



     सफल आवाज    
     असार २० गते २०८१ मा प्रकाशित



काठमाडौं, २० असार । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा एकैदिन रुपैयाँ १६ सय तथा चाँदीमा रुपैयाँ ४० ले बढेको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ १६ सयले बढेर तोलाको १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १६ सयले बढेर तोलाको १ लाख ४३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ ४० ले बढेर तोलाको १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।