मुद्दति निक्षेपमा ४५ करोड लगानी गर्दै राष्ट्र बैंक, आज साँझ ७ बजेसम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     असार २० गते २०८१ मा प्रकाशित



काठमाडौं, २० असार । नेपाल राष्ट्र बैंकले १ वर्षे मुद्दति निक्षेपमा ४५ करोड लगानी गर्ने भएकाे छ। बैंकले आफ्नो उपदान र पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागेकाे हाे ।

बैंकले २०८१ साउन ३ गतेदेखि २०८२ साउन ३ गतेसम्म १ वर्षका लागि मुद्दति निक्षेपमा लगानी गर्न लागेकोले यसमा सहभागि हुन अनुराेध गरेकाे छ ।

मुद्दति निक्षेप लिनका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाले आज बेलुका साँझ ७ बजेभित्र आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदर खुलाएर आवेदन पेश दिन सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा रूपैयाँ ३६ करोड, ‘ख’ वर्गका विकास बैंकमा रूपैयाँ ६ करोड ७५ लाख र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा २ करोड २५ लाख रुपैयाँ लगानी गरिने भएकाे हाे ।

मुद्दति निक्षेपमा आवेदन दिनका लागि निष्कृर्य कर्जा कुल कर्जा सापटको ५% भन्दा कम भएको हुनुपर्नेछ । रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने छ । साथै कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमामा हुनुपर्ने राष्ट्र बैंकले शर्तहरू तोकेको छ ।