एनएमबि लघुवित्तकाे साधारण सभा आज, यस्ता छन् एजेण्डा

-



     सफल आवाज    
     असार २१ गते २०८१ मा प्रकाशित



काठमाडौं, २१ असार। एनएमबि लघुवित्त वित्तीय संस्थाको ११ औं वार्षिक साधारण सभा आज पोखरामा बस्दैछ । सभा होटल बाराही पोखरामा बिहान ११ः३० बजे डाकिएकाे छ।

सभाबाट संस्थापक सेयरधनीहरुबाट १ जना र सर्वसाधारण सेयरधनीबाट २ जना सञ्चालक चयन गरिने भएकाे छ । यस्तै  स्वतन्त्र सञ्चालक र बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालक पनि चयन गरिने भएकाे छ। 

सभाले अन्य उपयुक्त लागेका वित्तीय संस्थासँग मर्जरमा जाने भए त्यसकाे कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव अनुमाेदन गर्नेछ । साथै आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान हरहिसाबका एजेण्डामा छलफल गरिनेल भएकाे छ। 

यस्तै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेकिने भएकाे छ । साधारण सभाकाे प्रयोजनका लागि कम्पनीले असार ७ गते बुक क्लोज गरेकाे थियाे । सभमा भाग लिनका लागि सेयरधनीहरुले असार ६ गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्ने बताइएकाे छ ।