सुनको भाउ बढ्दै, तोलाको १ लाख ४४ हजार ३ सय

-



     सफल आवाज    
     असार २१ गते २०८१ मा प्रकाशित



काठमाडौं, २१ असार । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको जानकारी गराएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ४४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ४३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख ४३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको भाउ रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।