एनएमबि लघुवित्तको ११औं वार्षिक साधारण सभा सम्पन्न

-



     सफल आवाज    
     असार २१ गते २०८१ मा प्रकाशित



पाेखरा, २१ असार । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रम कम्पनीका सञ्चालक गोबिन्द घिमिरेको अध्यक्षतामा आज पोखराको होटल बाराहीमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरि पारित गरेको थियाे ।

उक्त सभाले चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै, सभाले सर्वसाधारण समुहबाट जितेन्द्र बाहिती र सविता सापकोटालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।

कम्पनीले अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर प्रक्रिया अघि बढाउने र सोको लागि संचालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभामा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र सर्वसाधारण प्रतिनिधि सञ्चालक जितेन्द्र वाहेतीले मन्तव्य राखेका थिए भने कार्यक्रममा संचालक दिनेश दुलालले स्वागत गरेका थिए । शेयरधनीका तर्फबाट उपेन्द्र पाैडेल र श्रीराम गाैतमले सुझाव राखेका थिए । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका कंपनी सचिव सूर्य बहादुर थापाले कार्यक्रमकाे संचालन गरेका थिए ।

कम्पनीले सभा प्रयोजनार्थ असार ७ गतेदेखि बुक क्लोज गरिसकेको थियो । यसका आधारमा असार ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्रै सभामा भाग लिएका थिए ।