श्रीराम सुगर मिल्सले डाक्याे ४ आर्थिक वर्षकाे एजिएम

-



     सफल आवाज    
     असार २२ गते २०८१ मा प्रकाशित



काठमाडौं, २२ असार । श्रीराम सुगर मिल्सले साउन ११ साधारण सभा बाेलाएकाे छ । कम्पनीले एकैपटक ४ आर्थिक वर्षकाे साधारण सभा डाकेकाे हाे ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०७६–७७, २०७७–७८, २०७८–७९ र २०७९–८० को साधारण सभा बाेलाएकाे हो । साधारण सभा अर्पण ब्यांक्वेट नयाँ बानेश्वर काठमाडौंमा पूर्वान्ह ११ बजे सुरु हुने भएकाे छ । 

सभाबाट ४ आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाहका विषयमा छलफल गरी पारित गरिने छ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षककाे नियुक्त र पारिश्रमिक ताेकिने छ भने कम्पनीका ञ्चालकहरुको चयन गरिने छ ।