मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

-



     सफल आवाज    
     असार २२ गते २०८१ मा प्रकाशित



धनुषा, २२ असार । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गरेका छन्। उनले ६७ मत पाए । विपक्षमा ३४ मत खसेको थियो ।

प्रदेशसभामा उपस्थित एकसय एक जना सदस्यले मतदान गरेका थिए । मुख्यमन्त्री सिंहका पक्षमा जनमत, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यले मतदान गरे ।

जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टीका सांसदले विपक्षमा मतदान गरे ।