चिरख्वा हाइड्रोपावरकाे एजिएम सम्पन्न

-



     सफल आवाज    
     असार २३ गते २०८१ मा प्रकाशित



काठमाडौं, २३ असार । चिरख्वा हाइड्रोपावरकाे एजिएम आज सम्पन्न भएकाे छ । कम्पनीकाे साधारण सभा क्वालिटी ब्यांकेट, बुद्धनगर, काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे थियाे । यस पटक सभामा लाभांशकाे प्रस्ताव थिएन ।

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नाेक्सान बिबरणमाथि छलफल गरि पारित गरिएकाे थियाे। सभामा आर्थिक वर्ष २०८०–८१ काे लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेकिएकाे छ।

साथै सर्वसाधारणबाट २ जना सञ्चालकको चयन समेत गरिएकाे छ। कम्पनीले साधारण सभाकाे प्रयोजनका लागि असार १२ गते बुक क्लोज गरिएकाे थियाे।