सुन तोलाको १ लाख ४५ हजार ४ सय, चाँदीमा पनि बृद्धि,

-



     सफल आवाज    
     असार २३ गते २०८१ मा प्रकाशित



काठमाडौं, २३ असार । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ हजार र चाँदीमा रुपैयाँ २० ले बृद्धि भएको हाे ।

छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ४४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ४३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले बढेर तोलाको १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।