गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सकाे स्वतन्त्र संचालकमा राजेश मानन्धर नियुक्त

-



     सफल आवाज    
     असार २३ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २३ असार। ललितपुरकाे हरिहरभवन पुल्चाेकमा केन्द्रीय कार्यालय रहेकाे गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडकाे स्वतन्त्र संचालकमा राजेश प्रसाद मानन्धर नियुक्त भएका छन।

फाइनान्स संचालक समितिकाे २०८१ असार २१ गते शुक्रबार बसेकाे बैठकले मानन्धरलाई रिक्त रहेकाे स्वतन्त्र संचालक पदमा नियुक्त गरेकाे बताइएकाे छ। मानन्धरसँग बित्तिय क्षेत्रमा २६ बर्ष, इन्स्याेरेन्स क्षेत्रमा २ बर्ष कार्य गरेकाे अनुभब रहेकाे छ।

संस्थाले मुलुकभरका २३ वटा शाखा कार्यालय, ४ वटा विस्तारित काउण्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ। ग्राहकको आवश्यकतालाई मध्यनजर गरी एटिएम सेवा, मोबाइल बैकिङ जस्ता आधुनिक बैकिङ सेवा समेत प्रदान भइरहेको छ।