नेप्से २१.२७ अंकले बढ्याे, ६ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     असार २३ गते २०८१ मा प्रकाशित



काठमाडौं, २३ असार । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।

सरकार परिवर्तनको चर्चा चलेदेखि उकालो लागेको सेयर बजारको यात्रा निरन्तर उकालोतिरै लागिरहेको छ । यसले लगानीकर्ताकाे मनाेबल बढाएकाे छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.०० प्रतिशतले बृद्धि हुदा सेन्सेटिभ इण्डेक्स ३.५२ अंकले बढेर ३७८.२२ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १० उपसमूहहरुमा हरियो लागेको छ । कुल ३२५ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ४० लाख १४ हजार ६ सय २२ कित्ता सेयरको खरिदबिक्रीबाट ६ अर्ब २९ लाख ३१ जहार ८५४ रुपैयाँ ७१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयरकारोबार भएको छ । कम्पनीको २१ करोड ७१ लाख ४८ हजार ८०१ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको हो ।

सबैभन्दा धेरै सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ५.२५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।