आज अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो

-



     सफल आवाज    
     असार २४ गते २०८१ मा प्रकाशित



काठमाडौं, २४ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको । युरोको भाउ भने बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ २८ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ८८ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ १० पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ७० रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय ७१ रुपैयाँ ५० पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय ४९ रुपैयाँ ३९ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९० रुपैयाँ ३७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९९ रुपैयाँ २७ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूचीः