२१ अर्ब ६० करोड ट्रेजरी बिल नवीकरण गर्दै सरकार

-



     सफल आवाज    
     असार २४ गते २०८१ मा प्रकाशित



काठमाडौं, २४ असार । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेकाे छ । कार्यालयका अनुसार २८ दिन, ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल नवीकरण गर्न लागिएकाे जनाइएकाे छ ।

कार्यालयले भाेलि असार २५ गते जारी गरिने साे ट्रेजरी बिलका लागि आज असार २४ गते दिउँसो ३ बजे बोलकबोल हुने जानकारी दिएकाे छ । 

कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको जनाएकाे छ । जाे साउन २२ गते परिपक्व हुने भएकाे छ । अर्काे ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गरिने भएकाे छ । जाे असोज २२ गते परिपक्व हुनेछ ।

कार्यालयले १ वर्षको लागि ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको जनाएकाे छ । यो ट्रेजरी २०८२ साल असार २४ गते परिपक्व हुने सूचनामा जनाइएकाे छ ।

ट्रेजरी बिल भनेको के हो ?

ट्रेजरी बिल एक वर्षवा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।