आज सुनमा रु ४ सयले गिरावट, चाँदीको भाउ स्थिर

-



     सफल आवाज    
     असार २४ गते २०८१ मा प्रकाशित



काठमाडौं, २४ असार । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ स्थिर रहेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ४ सयले गिरावट भएको छ भने चाँदी आईतबारकै भाउमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ४५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार छापावाला सुन तोलाको १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबारा भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ यसदिन स्थिर रहेर तोलाको १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ९० रुपैयाँमा नै कारोबार भएको थियो ।